बारा ४ मा स्वतन्त्र उम्मेदवार बनेका वाग्लेलाई कांग्रेसले गर्याे निष्कासन

नेपाली कांग्रेसले बारा निर्वाचन क्षेत्र नं ४ का स्वतन्त्र उम्मेदवार इच्छाबहादुर वाग्लेलाई पार्टीबाट निष्कासन गरेकाे छ । कांग्रेसकाे  केन्द्रीय अनुशासन समितिले उनलाई पार्टीकाे साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको हाे । वाग्लेलाई एमालेबाट विद्राेह गरेर राैतहटमा उम्मेदवार बनेका प्रभु शाहले समर्थन गरेका छन् ।

अनुशासन समितिले आज विज्ञप्ति जारी गरेर कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा ३४ को उपधारा ४ (क) बमोजिम ५ वर्षका लागि पार्टी सदस्य समेत नरहनेगरी अभिलेखबाट हटाउने निर्णय गरेको जनाएकाे छ । 

वाग्लेसहित उनकाे मनोनयन दर्ताका प्रस्तावक, समर्थक र अन्य पार्टीमा गई उम्मेदवार भएकाहरूको नामावली समेत अभिलेखबाट हटाइएको विज्ञप्तिमा जनाइएकाे छ । 

अनुशासन समितिले वाग्लेकाे चुनावी प्रचार–प्रसारमा हिँडेका कार्यकर्तालाई पनि ५ वर्षका लागि पार्टीको साधारण सदस्यसमेत निष्कासन गर्ने चेतावनी दिएकाे छ ।





  • प्रकाशित मिति : कात्तिक २४, २०७९ बिहीबार १६:४३:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया