मोरङ–३ (क)मा स्वर्गीय थापाकी पत्नीलाई उम्मेदवार बनाउन माग गर्दै कांग्रेस कार्यकर्ताको प्रदर्शन

मोरङ–३ को प्रदेशसभा (क) मा यसअघि उम्मेदवारी दिएका शेखरचन्द्र थापाको निधनपछि पार्टीले मानबहादुर लिम्बूलाई उम्मेदवार बनाएको छ । 

पार्टीको निर्णयअनुसार लिम्बूले बिहीबारै मनोनयन दर्ता गरिसकेका छन् । लिम्बूको उम्मेदवारीप्रति असन्तुष्टि जनाउँदै कांग्रेसका केही कार्यकर्ताले प्रदर्शन गरेका छन् । 

उनीहरुले शेखरचन्द्रकी पत्नी लक्ष्मी थापालाई उम्मेदवार बनाउन माग गर्दै कांग्रेसको कार्यालयअगाडि प्रदर्शन गरेका हुन् । 

उनीहरुले बिहीबार मनोनयन दर्ता गराउन पुगेका लिम्बूलाई निर्वाचन अधिकृतको कार्यालय पुगेर केहीबेर अवरोध पनि गरेका थिए ।





  • प्रकाशित मिति : कात्तिक २४, २०७९ बिहीबार १७:७:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया