नेपाली क्रिकेट टोलीका नवनियुक्त कप्तान पौडेललाई प्रधानमन्त्री देउवाले दिए बधाई
फाइल तस्बिर

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली क्रिकेट टोलीका नवनियुक्त कप्तान  रोहित पौडेललाई बधाई दिएका छन् । प्रधानमन्त्री देउवाले शिनबार सामाजिक सञ्जाल फेसबुकमार्फत कप्तान पौडेललाई बधाइ दिएका हुन् ।

‘नेपाली क्रिकेट टोलीको कप्तानमा नियुक्त हुनु भएकोमा रोहित पौडेलजीलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना,’ देउवाले लेखेका छन्,
‘तपाईको नेतृत्वमा नेपाली क्रिकेटले अझै सफलता हासिल गर्नेछ ।’

युनाइटेड अरब इमिरेट्स (युएई) विरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजका नेपाली टोली घोषणा गरिएको हो । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार रोहितकुमार पौडेलको कप्तानीमा १६ सदस्सीय टोली घोषणा गरिएको छ । 





  • प्रकाशित मिति : कात्तिक २६, २०७९ शनिबार ९:५३:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया