जसपा रौतहट अध्यक्ष पटेल प्रभु साहकाे प्रचारमा

जनता समाजवादी पार्टीले एमालेसँग गठबन्धन गरे पनि साे पार्टीका  रौतहट अध्यक्ष धर्मेन्द्र पटेल प्रभु साहकाे चुनाव प्रचारमा दलबलसहित सहभागी भएका छन् । 

जसपा अध्यक्ष पटेलले आफ्नो समूहका नेतासहित आइतबार मौलापुर नगरपालिका-१, मर्यादपुरमा आयोजित चुनावी सभामा प्रभु साहको हातबाट टीका माला लगाई अभियानमा सामेल भएका छन् । देवाही गोनाही नगरपालिकाका पूर्वमेयरसमेत रहेका पटेलले गत साता मात्र जसपाको साधारण सदस्यतासमेत त्यागेका थिए । 

पटेलले केपी ओली र उपेन्द्र यादवको अनैतिक राजनीतिका कारण आफू स्वतन्त्र अभियानमा जोडिएको बताएका छन् । केपी ओली मधेसीको सवालमा सदैव अनुदार रहेको भन्दै पटेलले पार्टीले 
उनै ओली गठबन्धन गरेपछि आफूहरु प्रभु साहको नेतृत्वमा अगाडि बढ्ने निर्णय गरेको बताए ।





  • प्रकाशित मिति : कात्तिक २७, २०७९ आइतबार १६:३६:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया