रामचन्द्र पौडेललाई मत माग्दै दीपक मनाङे

गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले तनहुँमा रामचन्द्र पौडेलको चुनाव प्रचारप्रसारमा सहभागी भएका छन् । 

बुधबार तनहुँको​​डुम्रेमा भएको घरदैलोमा मनाङेले पनि साथ दिएका हुन् । मनाङे मनाङ ‘ख’बाट प्रदेशसभा सदस्यमा निर्विरोध निर्वाचित भइसकेका छन् । 

उनले तनहुँ १ बाट उम्मेदवार बनेका नेपाली कांग्रेसका पौडेलका लागि मनाङेले मत मागेका हुन् । मनाङे पौडेलको चुनाव प्रचारकै लागि तनहुँ गएका भने होइनन् । पौडेलको टोली प्रचारमा जाँदै गर्दा मनाङेसँग बाटोमा भेट भएको र मनाङे पनि सँगै मत मागेर हिँडेका हुन् । 





  • प्रकाशित मिति : कात्तिक ३०, २०७९ बुधबार २२:३६:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया