पछिल्लो चौबिस घण्टामा देशभर थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
आज थप २६ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चौबिस घण्टामा थप १ हजार २५२ नमुना परीक्षण गर्दा ५ जनामा संक्रमण पुष्टि भएको हो।
त्यस्तै, देशभर सक्रिय संक्रमितको संख्या ४५३ रहेको छ। आज थप ३८ हजार २९८ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।