logo-img

बैतडीको झुलाघाट नाका आज रातिबाट बन्द हुने

निर्वाचनलाई ध्यानमा राखेर भारतसँग सीमा जोडिएका बैतडीको  झुलाघाट नाका आजबाट तीन दिन बन्द हुने भएको छ । 

प्रतिनिधि र प्रदेशसभा निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण एवं भयरहित वातावरणमा सम्पन्न गर्नका लागि आज राति १२ बजेदेखि सीमा नाका तीन दिन बन्द हुने जिल्ला प्रशासन कार्यालय बैतडीले  जनाएको  छ ।

आज राति १२ बजे देखि मंसिर ४ गते राति १२ बजेसम्म झुलाघाट नाका  बन्द रहने  प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए । अन्तर्राष्ट्रिय नियम अनुसार नै चुनावको समयमा सीमा नाका बन्द गर्ने गरिएको उनले बताए ।



चुनावको अवधिमा पूर्ण रुपमा आवतजावत बन्द गरिने उनले बताए । निर्वाचनलाई स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गर्न भारतसँग सीमा जोडिएको बैतडीमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सुरक्षालाई मध्यनजर गरी बैतडीमा सुरक्षा व्यवस्था कडा पारिएको छ । 

अन्तर्राष्ट्रिय सिमानामा सशस्त्र प्रहरीले गस्ती बढाएको छ भने जिल्लामा २५ सय सुरक्षाकर्मी निर्वाचनस्थलहरुमा खटाइएको बताइएको  छ ।





  • प्रकाशित मिति : मंसिर १, २०७९ बिहीबार १९:४८:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया