काठमाडौं निर्वाचन क्षेत्र नम्बर–४ मा नेपाली कांग्रेसका गगन थापाले अग्रता लिएका छन् । १ हजार ५११ मतगणना हुँदा उनले ६६८ मत प्राप्त गरेका छन् ।
गगनलाई पछ्याइरहेका नेकपा (एमाले) का उमेदवार राजन भट्टराईले ६३३ मत पाएका छन् । उनी थापाभन्दा ३५ मतले पछि छन् ।
अहिले बूढानीलकण्ठ नगरपालिका–१ को मत गणना भइरहेको हो । काठमाडौं–४ मा थापा र भट्टराईसहित प्रतिनिधिसभा उम्मेदवारका लागि ३१ उमेदवार प्रतिस्पर्धामा छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।