धनुषा–३ बाट एमालेकी जुलीकुमारी महतो निर्वाचित

धनुषा क्षेत्र नम्बर ३ बाट नेकपा एमालेकी जुलीकुमारी महतो विजयी भएकी छन् । उनी सत्ता गठबन्धन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उम्ममेदवार अनिलकुमार झालाई ९ हजार ६६९ मतान्तरले हराउँदै प्रतिनिधिसभा सदस्यमा विजयी भएकी हुन् । 

महतोले ३३ हजार ३५५ मत ल्याउँदा अनिलले २३ हजार ६८६ मत पाए । एमालेले यो क्षेत्रमा एकल प्रतिस्पर्धा गरेको थियो । 

यहाँ लामो समयपछि एमाले जितेको हो । २०७० को निर्वाचनमा जुलीलाई हराउँदै कांग्रेसका विमलेन्द्र निधि विजयी भएका थिए । त्यस्तै, २०७४ मा यो क्षेत्रबाट तत्कालीन राजपा नेपालका नेता राजेन्द्र महतो निर्वाचित भएका थिए । 





  • प्रकाशित मिति : मंसिर ९, २०७९ शुक्रबार ८:४:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया