logo-img

कांग्रेस उम्मेदवार बद्री पाण्डे २० हजार मत नजिक

प्रतिनिधिसभा सदस्यतर्फ बाजुरामा नेपाली कांग्रेसका उम्मेदवार बद्रीप्रसाद पाण्डेले झण्डै २० हजार मतका साथ अग्रता कायम राखेका छन् । 

उनले १९ हजार ७५७ मत पाउँदा दोस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार कर्णबहादुर थापाले १५ हजार ४५३ मत ल्याएकका छन् । पाण्डे र थापाबीचको मतान्तर चार हजार ३०४ छ ।

बाजुरा ‘क’बाट नेकपा (एकीकृत समाजवादी)का नरेशकुमार शाही प्रदेशसभा सदस्य पदमा निर्वाचित भइसकेका छन् । बाजुरा ‘ख’मा मतगणना जारी छ ।







  • प्रकाशित मिति : मंसिर १७, २०७९ शनिबार २२:१:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया