ग्लोबल आइएमई र बैंक अफ काठमाण्डू मर्जरको अन्तिम स्वीकृति पारित

ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू मर्जरसम्बन्धी तयारी अन्तिम चरणमा पुगेको छ । शुक्रबार सम्पन्न ग्लोबल आइएमई बैंकको १६औँ वार्षिक साधारणसभाले मर्जरको अन्तिम स्वीकृतिसमेत पारित गर्‍यो ।

ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू मर्जर प्रयोजनका लागि डिडिएका आधारमा निर्धारण गरिएको सेयर स्वाप अनुपात १ः१ स्वीकृत गरेको छ । साथै, साधारणसभाले बैंकले अधिकृत पुँजी २५ अर्ब रुपैयाँलाई वृद्धि गरी ५० अर्ब पुर्‍याउने प्रस्तावलाई समेत पारित गरेको छ । 

साधारणसभाले आर्थिक वर्ष ०७८/७९ को कुल मुनाफाबाट ३ प्रतिशत बोनस सेयर र १०.६ प्रतिशत नगद लाभांश गरी जम्मा १३.६ प्रतिशत लाभांश दिने प्रस्ताव पनि पारित गरेको छ । 

बैंकले आर्थिक वर्ष ०७८/७९ मा सञ्चालन मुनाफा सात अर्ब १८ करोड र करपछिको मुनाफा चार अर्ब ९५ करोड रुपैयाँ आर्जन गरेको थियो । प्रस्तावित बोनस सेयर वितरणपश्चात् बैंकको चुक्ता पुँजी २४ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ । 

साधारणसभामा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकले आगामी दिनमा आफ्नो व्यावसायिक रणनीतिक योजनाअनुरूप व्यवसाय विस्तारका अन्य क्षेत्रमा समेत सन्तुलित वृद्धि गर्दै जाने बताए ।   





  • प्रकाशित मिति : मंसिर २५, २०७९ आइतबार ११:३८:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया