प्रधानमन्त्री देउवासँग कांग्रेस नेता केसीको भेटवार्ता

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले प्रधानमन्त्री तथा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग बुधबार भेटवार्ता गरेका छन् । 

भेटवार्ताका क्रममा उनीहरुले निर्वाचनमा विजयी भएकामा एकअर्कामा बधाई साटासाटका गरेका थिए । प्रधानमन्त्री निवास बालुवाटारमा करिब एक घण्टा लामो भेटमा समसायिक विषयमा छलफल भएको केसीको सचिवालयले जनाएको छ । 

भेटका क्रममा नयाँ निर्वाचन परिणाम र संसदको अंकगणितीय उपस्थितिको समीक्षा भएको थियो । उनीहरुबीच सरकार गठनका विषयमा पनि छलफल भएको थियो । 

केसीले प्रधानमन्त्रीसँग नुवाकोटका विकास निर्माणका कामका साथै किसानका समस्याबारेमा पनि छलफल गरेको उनको सचिवालयले जनाएको छ । 





  • प्रकाशित मिति : मंसिर २८, २०७९ बुधबार २१:२९:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया