शून्य लागतमा ‘मौसमी’ श्रमिकलाई विदेश पठाउने तयारीमा सरकार
फाइल तस्बिर

सरकारले शून्य लागतमा ‘मौसमी’ कामदारको रूपमा श्रमिकलाई विदेश पठाउने तयारी गरिरहेको छ । दक्षिण कोरिया, बेलायत,  जर्मनी लगायत विभिन्न मुलुकमा मौसमी श्रमिक शून्य लागतमा पठाउने सरकारले तयारी गरिरहेको छ । 

पछिल्लो समय मौसमी कामका लागि नेपाली श्रमिकको आकर्षण बढ्दै गएको छ । जस कारण ठगीको जोखिमसमेत बढ्न थालेपछि सरकार आफैंले शून्य लागतमा मौसमी श्रमिक पठाउने तयारी गरेको हो । यसका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आवश्यक कार्यविधिको ‘ड्राफ्ट’ बनाएर मन्त्रिपरिषद्‌मा पठाइसकेको छ ।

मौसमी श्रमिक श्रम स्वीकृति लिएर भन्दा पनि कन्सल्टेन्सीहरू, ट्राभल एजेन्सी मार्फत पुग्ने गरेको तथा ठगीको जोखिमसमेत बढेकोले सरकार आफैंले तयारी थालेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले बताए । 

सरकारले हालसम्म मौसमी श्रमिक भनेर वैदेशिक रोजगारमा पठाउने व्यवस्था गरेको छैन । अर्यालका अनुसार मन्त्री परिषदबाट स्वीकृत भएर आउने बित्तिकै मौसमी श्रमिक पठाउन सुरू गरिने छ ।  





  • प्रकाशित मिति : पुस १, २०७९ शुक्रबार १८:३०:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया