वैदेशिक रोजगारीमा रहेकाहरू पनि सुरक्षा कोषमा आबद्ध हुन पाउने

सरकारले आगामी वैशाखदेखि लागू हुने गरी वैदेशिक रोजगारीमा रहेकालाई स्वेच्छिक रुपमा सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न सकिने गरी कार्यविधि जारी गरेको छ ।

यससँगै वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिक वा विदेशमा स्वरोजगारीमा रहेका श्रमिक पनि अब सामाजिक सुरक्षा कोषमा आबद्ध हुन पाउनेछन् । 

तोकिएको योगदान रकम श्रमिकले कोषमा जम्मा गरेपछि वैदेशिक रोजगारीमा रहेकाहरुले कार्यविधिबमोजिम तीन किसिमका सुविधा कोषबाट पाउने कोषका प्रवक्ता विवेक पन्थीले बताए । 

कोषमा आबद्ध भएपछि वैदेशिक रोजगारीमा रहेकाहरुलाई दुर्घटना बिमा, आश्रित परिवार सुरक्षा योजना र वृद्धाअवस्थामा पेन्सन दिने सुविधा दिने गरी कोषले कार्यविधि बनाएको छ । 

यसअनुसार वैदेशिक रोजगारीमा रहेकाहरुले तोकिए बमोजिमको योगदान रकम नियमित रुपमा कोषमा अनलाइनबाट जम्मा गर्न सक्नेछन् । 





  • प्रकाशित मिति : पुस ५, २०७९ मंगलबार १७:५९:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया