चार्ल्स शोभराज आजै छुट्ने

सिरियल किलरकाे अभियाेगमा जगन्नाथ देवल कारागारमा रहेका चार्ल्स शोभराज आजै छुट्ने भएका छन् । 

सर्वोच्च अदालतले पुस ६ मा शोभराजलाई तत्काल थुनामुक्त गरेर १५ दिनभित्र आफ्नो मुलुक फर्काउन आदेश दिएको थियो। 

जिल्ला अदालत, काठमाडौंबाट सर्वोच्च अदालतको फैसलाअनुसार, गर्नु भनी पत्र पठाएकाले शोभराजलाई छाड्ने प्रक्रिया शुरू भएको कारागार प्रमुख ईश्वरीराज पाण्डेले भर्खरै बताएका छन्।

चार दशकअघि नेपालमा अमेरिकी र क्यानडाली महिलाको हत्या गरेको अभियोगमा उनी झन्डै १८ वर्षदेखि कारागारमा थिए ।





  • प्रकाशित मिति : पुस ७, २०७९ बिहीबार १८:३९:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया