चार्ल्स शोभराजलाई आज अध्यागमन विभागमा बुझाइँदै
फाइल तस्बिर

केन्द्रीय कारागार कार्यालयले ‘सिरियल किलर’ चार्ल्स शोभराजलाई आज अध्यागमन विभागलाई बुझाउँदैछ । उनलाई आज १० बजेपछि अध्यागमन विभागमा बुझाउने तयारी भइरहेको हो । 

कागजातमा हस्ताक्षर गर्नुपर्नेलगायतको सबै काम बिहीबार नै सकिएकाले आज १० बजेपछि अध्यागमन पठाउन लागिएको शोभराजका वकिल वरिष्ठ अधिवक्ता गोपाल शिवाकोटीले जानकारी दिए ।

‘अध्यागमन विभागमा उनलाई राख्नका लागि व्यवस्थापन नभएकाले आज मात्रै उता पठाउने भएको हो । जेलबाट मुक्त भने हिजै भइसक्नुभयो’, शिवाकोटीले भने, ‘बिहीबार एक दिन उहाँ केन्द्रीय कारागारमै बस्नु नतभन्दा उहाँले पनि अँ म बस्छु भनेपछि यही राखियो । अध्यागमनलाई पनि ढिलो गरी खबर भयो । बिरामी पनि हुनुभएको कारणले त्यसको व्यवस्थापन गर्नुपर्ने भएको हो ।’

१९ वर्षदेखि कैद सजाय काटिरहेका फ्रेन्च नागरिक चार्ल्सलाई बुधबार छोड्न र १५ दिनभित्र देश फर्काउन भन्दै सर्वोच्च अदालतले आदेश दिएपछि उनी छुट्न लागेका हुन् ।  

शोभराजलाई कैदबाट छाडेर १५ दिनभित्र आफ्नो देश फर्काउन आवश्यक व्यवस्था मिलाउन भनेकाले अध्यागमन विभागलाई बुझाउन लागिएको कारागार कार्यालयले जनाएको छ ।  

शोभराजले ४७ वर्षअघि काठमाडौं र भक्तपुरमा अमेरिकी र क्यानडेली नागरिकको हत्या गरेको अभियोगमा १९ वर्षदेखि कैद काटिरहेका थिए । 



२०८० सालसम्म कैद सजाय पाएका उनलाई १९ वर्ष जेलमा बसिसकेको, मुटुरोगी भएको र ७८ वर्षका वृद्ध भइसकेको त्यसमाथि  मानवअधिकारको मापदण्डविपरित कैदभित्र पनि एकान्तवासमा राखिएको भन्दै अदालतले छोड्न आदेश दिएको हो । 



  • प्रकाशित मिति : पुस ८, २०७९ शुक्रबार ८:५४:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया