चार्ल्स शोभराजलाई आजै फ्रान्स डिपोर्ट गरिँदै
फाइल फाेटाे

सिरियल किलर फ्रान्सेली नागरिक चार्ल्स शोभराज आजै साँझ फ्रान्स डिपोर्ट गरिन लागेको छ । नेपालको जेलमा १९ वर्ष दुई महिना बिताएका शोभराज थुनामुक्त भएसँगै साँझ ६ बजे डिपोर्ट गरिन लागेको हो । 

बिहीबार केन्द्रीय कारागार, सुन्धाराले थुनामुक्त गरेका उनलाई अध्यागमन विभागले लगेको थियो । अहिले अध्यागमन विभागमा रहेका शोभराज साँझ ६ बजे कतार एयरवेजको विमानबाट दोहा हुँदै पेरिस पुग्नेछन् । 





  • प्रकाशित मिति : पुस ८, २०७९ शुक्रबार १५:२९:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया