प्रधानमन्त्रीनिवास र राष्ट्रपतिनिवासमा सिसिटिभी राख्नुपर्ने स्वतन्त्र सांसद सिंहकाे प्रस्ताव

स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले प्रधानमन्त्रीनिवास बालुवाटार र राष्ट्रपतिनिवास शीतलनिवासमा सिसिटिभी राख्नुपर्ने प्रस्ताव गरेका छन् । सरकार सञ्चालनको महत्वपूर्ण जिम्मेवारीमा बसेका व्यक्तिहरुले विचौलिया भेट्न बन्द गरे सुशासन कायम हुने उनकाे भनाइ छ । 

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद डा. सिंहले प्रधानमन्त्रीले सुशासनको कुरा गरेको भए पनि बिचौलियाले सरकारी नीति निर्माणमा प्रभाव पार्ने उनको उनको भनाइ छ । 

प्रधानमन्त्रीले विश्वासको मत माग्दै गर्दा भनेको कुराको आधा मात्रै पूरा भए पनि त्यो ऐतिहासिक उपलब्धि हुने भन्दै सिंहले सुशासन कायम गर्ने हो भने बालुवाटार र शीतलनिवासमा सिसिटिभी राख्न प्रस्ताव गरे । 





  • प्रकाशित मिति : पुस २६, २०७९ मंगलबार १७:३०:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया