क्रिकेट सन्दीप लामिछानेले काठमाडौं उपत्यका बाहिर जाँदा प्रहरी वृत्त गौशालामा पूर्वजानकारी दिनु पर्ने उनलाई ससर्त धरौटीमा रिहा गर्न आदेश दिइएको फैसलामा भनिएको छ ।
बिहीबार उच्च अदालत पाटनले उनलाई २० लाख धरौटीसहित ससर्त धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
उनले काठमाडौं उपत्यकाबाट बाहिर जाँदा उपत्यका प्रहरी वृत्त गौशालालाई पूर्वजानकारी दिन आदेशमा भनिएको छ । त्यस्तै, उनलाई विदेश जानबाट पनि वन्चित गरिएको छ । उनको पासपोर्ट रोक्का गर्न फैसलामा आदेश दिइएको छ ।
उनी गत भदौ २० गते नाबालिग बलात्कारको अभियोगमा पक्राउ परेका थिए ।
लामिछानेले गत भदौ ५ को राति तिलगंगाको एक होटलमा लगेर जबर्जस्ती करणी गरेको भन्दै नाबालिगका तर्फबाट भदौ २१ मा प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो । त्यसको भोलिपल्ट २२ गते प्रहरीले लामिछाने विरुद्ध जाहेरी दर्ता गरेर अनुसन्धान सुरु गरेको थियो ।
जाहेरी पर्दा लामिछाने केन्यासँगको ट्वान्टी–२० क्रिकेट शृंखला सकेर क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न वेस्ट इन्डिज पुगेका थिए । त्यहीबाट अमेरिका गएका लामिछाने असोज २० मा नेपाल आउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।