बचतकर्ताको लाखौं ठगी गरेको अभियोगमा सहकारी संघ धनुषाका अध्यक्ष यादव पक्राउ

जिल्ला बचत तथा ऋण सहकारी संघ धनुषाका अध्यक्ष ध्रुव यादव पक्राउ परेका छन् । बचतकर्ताबाट संकलित लाखौं रुपैयाँ ठगी गरेको अभियोगमा धनुषा प्रहरीले यादवलाई पक्राउ गरेको हो ।
 
राष्ट्रिय सहकारी बैंक लिमिटेडको सञ्चालक समितिका सदस्यसमेत रहेका यादवलाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ । यादवलाई सहकारी संस्थाका बचतकर्ताको रकम ठगी गरेको तथा सहकारीमा जम्मा भएको रकम अपचलन गरेको उजुरीका आधारमा पक्राउ गरी अनुसन्धान सुरू गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक दीपक रायले जानकारी दिए ।

प्रहरीका अनुसार एकजना सहकारीका बचतकर्ता ९नाम गोप्य० ले आफ्नो जग्गा सहकारीमा धितो राखी २५ लाख रुपैयाँ ऋण लिएको र पछि सो रकम फिर्ता गरेपनि यादवले लामो समयसम्म उनको जग्गा फुकुवा नगरि लिलामीको अवस्थामा पुर्याएकोले उनले दिएको उजुरीका आधारमा यादवलाई ठगी मुद्दामा पक्राउ गरिएको हो ।

‘प्रारम्भिक अनुसन्धानमा सहकारीमा आबद्ध बचतकर्ताको जग्गा फुकुवा नगरि यादवले करिब २५ लाख रुपैयाँ आफूसँगै राखेर लामो समयसम्म फिर्ता नगरेको अभियोग देखिएको छ,’ डिएसपी रायले भने ।





  • प्रकाशित मिति : माघ ३, २०७९ मंगलबार १५:९:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया