आज सोनाम ल्होछार पर्व मनाइँदै

सोनाम ल्होछार, तामाङलगायतका हिमाली बौद्ध समुदायले नयाँ वर्षका रूपमा आज हर्सोल्लासका साथ मनाउँदै छन् । ल्हो अर्थ वर्ग अर्थात् वर्ष हो भने छारको नयाँ हुन्छ । आजदेखि सोनाम ल्होसार २८५९ सुरु भएको छ । 

तामाङलगायत हिमाली समुदाय ह्योल्मो आदिले मान्ने ल्होछार चान्द्रमानको पात्रोको पहिलो महिनाको पहिलो दिन अर्थात् प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदामा सुरु हुन्छ । 

प्रत्येक वर्ष एक/एक वटा जनावर तथा चराचुरुंगीको नाममा फेरिने ल्हो अर्थात वर्ग अनुसार यो वर्ष बाघ वर्गलाई बिदा गरी बिरालो वर्गलाई स्वागत गरिएको छ । सोनाम ल्होछार उत्सव माघ शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाउने भए पनि विशेषगरी तामाङ समुदायको घरघरमा कम्तीमा पाँच दिन भव्य रूपमा मनाउँदै आएका छन् । 

ल्होछारमा विभिन्न गुम्बा, घर–घरमा पूजा गरी घरघरलगायत सार्वजनिक स्थानमा दर्ज्यू गाड्ने, छो प्रसाद वितरण गर्ने, शुभकामना आदानप्रदान गर्ने, मान्यजनबाट आशीर्वाद ग्रहण गर्ने, चेलीबेटी, इष्टमित्र भेटघाट र सामूहिक भोज तथा साँस्कृतिक कार्यक्रम गरेर मनाउँछन् । 

ल्होछारको अवसरमा आइतबार काठमाडौंको टुँडिखेलमा विषेश कार्यक्रम हुँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिउँसो १ बजे कार्यक्रमको उद्घाटन गर्नेछन् ।

त्यसअघि सांस्कृतिक वेशभूषासहितको र्‍याली निकालिने ल्होछार मूल समारोह समितिका संयोजक कुमारसिं घिसिङले जानकारी दिए । 





  • प्रकाशित मिति : माघ ८, २०७९ आइतबार ७:१९:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया