संस्थापक गभर्नर राणाको निधनबाट अर्थतन्त्रमा ठूलो क्षति : गभर्नर अधिकारी
फाइल तस्बिर

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकका संस्थापक गभर्नर हिमालय शमशेर राणाको निधनले मुलुकको अर्थतन्त्रमा अपूरणीय क्षति पुगेको बताएका छन् ।

राणा निवास थापाथलीमा पुगी पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्दै गभर्नर अधिकारीले राणाको निधनले नेपालको अर्थतन्त्रमा निकै ठूलो क्षति भएको बताए । ‘समग्र अर्थतन्त्र र बैंकिङ क्षेत्रमा उहाँको निधनले ठूलो क्षति पुगेको छ, यो क्षेत्रले अभिभावक गुमाएको छ,’ अधिकारीले भने ।

केन्द्रीय बैंकको सोच, आवश्यकता, स्थापना, दृष्टिकोण ल्याउने व्यक्तित्व राणाले मुलुकको आर्थिक क्षेत्रमा भएको योगदान चर्चा गरेर नसकिने भन्दै अधिकारीले राणाले अर्थसचिवका साथै नेपालको प्रतिनिधिकारुपमा संयुक्त राष्ट्र सङ्घमा काम गरेको स्मरण गरे ।

देशको सार्वभौमसम्बन्धी महत्वपूर्ण मुद्दा सम्वोधनका लागि बैंक स्थापना गरी नेपाली एकल मुद्राको सञ्चालन गर्ने अभियानकैरूपमा संस्थापक राणाले ठूलो योगदान पुर्याएका थिए ।

भारतीय मुद्रासँग नेपाली मुद्राको उनको प्रयासमा भएको निर्धारण भएको सटही दर अहिले पनि कायम छ । गभर्नर अधिकारीले भने, ‘त्यस बेला नेपालमा भारतीय मुद्राको व्यापकरूपमा चलन चल्तीमा थियो, भारती मुद्रासँग नेपाली मुद्राको सटही दर कायम गर्ने ठूलो चुनौती थियो, सबै जनताको भावनालाई बुझेर तय गरेको उही दर हाल कायम छ ।’ 

राष्ट्र बैंकका संस्थापक राणाको आज बिहान उपचारका क्रममा थापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।  





  • प्रकाशित मिति : माघ २२, २०७९ आइतबार १२:१४:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया