देव गुरुङको प्रश्न : संविधानमा दलको प्रतिनिधि राष्ट्रपति बनाउने कहाँ छ ?

नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले राष्ट्रपति कुनै पनि दल विशेषको नहुने बताएका छन् । पार्टीको पदाधिकारी बैठकमा सहभागी हुनुअघि पेरिसडाँडामा पत्रकारसँग कुरा गर्दै उनले संविधानमा दलविशेषको राष्ट्रपति हुन नहुने व्यवस्था भएको बताए । 

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्दा एमालेलाई राष्ट्रपति दिने सहमति भएको भनाइलाई इन्कार गर्दै उनले भने, ‘एमाले पार्टी विशेषको राष्ट्रपति भन्ने हुन्छ कतै, संविधानमा भावना छ त्यस्तो, संविधानमा त्या कुरो उल्लेख गरेको छ ?’

राष्ट्रपतिमा एमालेले उठाउने उम्मेदवार मान्नैपर्ने बाध्यता नरहेको उल्लेख गर्दै उनले भने, ‘संविधानमा दलको प्रतिनिधि राष्ट्रपति बनाउने कुरा छ ? संविधानविपरीत कुरा गर्ने ? संविधान मिच्ने खालको कुरा गर्ने ?’





  • प्रकाशित मिति : फागुन ८, २०७९ साेमबार १८:१७:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया