एमालेले सरकार नछाडेसम्म कांग्रेस सरकारमा नजाने

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले एमालेले सरकार नछाडेको अवस्थामा कांग्रेस सरकारमा नजाने बताएका छन् । 

राष्ट्रपतिको मनोनयनपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफूहरुले सरकारमा जाने सम्बन्धमा निर्णय नगरेको बताए। राष्ट्रपतिको रुपमा संविधानको रक्षा गर्ने उपयुक्त पात्र रामचन्द्र पौडेल भएको उनले बताए। 

कांग्रेसका उपसभापति तथा सांसद धनराज गुरुङले राष्ट्रपति निर्वाचनपछि पनि प्रधानमन्त्रीमा प्रचण्डकै निरन्तरता हुने भएकाले सरकार अस्थिर भएको भन्न नमिल्ने बताए । उनले प्रधानमन्त्रीमा दाहालकै निरन्तरता हुनुले सरकार अस्थिर भन्न नमिल्ने दाबी गरे। 

 ‘२५ गते पछि पनि प्रचण्डजी नै प्रधानमन्त्री रहिरहनुहुन्छ। त्यसो भएपछि अस्थिर कसले भन्ने ?’ उनले भने, ‘प्रचण्डजी नै निरन्तर प्रधानमन्त्री हो। धेरै पहिलादेखि भनेको थिएँ, र अहिले पनि भनिराखेको छु, निरन्तर प्रधानमन्त्री उहाँ नै हो।’





  • प्रकाशित मिति : फागुन १३, २०७९ शनिबार १७:३७:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया