logo-img

परिवर्तन विरोधी गतिविधिलाई जनताले प्रतिवाद गर्नेछन् : सापकोटा

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले परिवर्तन विरोधी गतिविधिलाई जनताले प्रतिवाद गर्ने दाबी गरेका छन् । 

शनिबार जनकपुरधाम विमानस्थलमा प्रेस सेन्टर नेपाल मधेस प्रदेशले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै निवर्तमान सभामुखसमेत रहेका सापकोटाले परिवर्तन विरोधी गतिविधिले जनतामा प्रश्न उठेको बताएका हुन् ।

सापकोटाले संक्रमणकाल लम्बिनुको मुख्य कारण सरकार र राजनीतिक दल रहेको आरोप लगाए । उनले राजनीतिक दलहरूको दाउपेचका कारण संसदमा संक्रमणकालिन न्यायिक अवस्था टुंग्याउनका लागि पास हुनुपर्ने विधेयकहरु थन्काएर राखिएको बताए । 



०६३ मा तत्कालीन नेकपा माओवादी र नेपाल सरकार बीच भएको विस्तृत शान्ति सम्झौताको मर्म र भावना अनुसार संक्रमणकालिन अवस्था शान्ति प्रक्रियालाई टुंग्याउनुपर्ने उनको भनाइ थियो । 

उनले प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि सर्वोच्च अदालतमा मुद्दा दर्ता हुँदा शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन गम्भीर असर पर्ने बताए ।





  • प्रकाशित मिति : फागुन २७, २०७९ शनिबार १६:३५:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया