विप्‍लव नेतृत्वकाे नेकपा र कर्णजित बुढा नेतृत्वको माओवादी समाजवादीबीच एकता

नेत्रविक्रम चन्द 'विप्‍लव' नेतृत्वकाे नेकपा र कर्णजित बुढा नेतृत्वको नेकपा (माओवादी समाजवादी)बीच बुधबार पार्टी एकता भएको छ।  काठमाडौंको प्रज्ञा भवनमा पत्रकार सम्मेलन गरी २ पार्टीबीच एकता घोषणा गरिएको हो।

एकतासम्बन्धी प्रेस वक्तव्यमा उल्लेख छ,'नेपाल कम्युनिष्ट पार्टी र नेकपा कम्युनिष्ट पार्टी माओवादी समाजवादीको सुस्पष्ट विचार छ कि नेपालमा दलाल पुँजीवादी सत्ताको अन्त्य र वैज्ञानिक समाजवादी सत्ताको  स्थापना गर्नु,नेपाली जनताको समृद्धि जीवन एवं स्वाधीन नेपाल राष्ट्र निर्माण गर्नुबाहेक हामीसँग कुनै स्वास्थ छैन। हामी हाम्रो लक्ष्य र विचारप्रति समर्पित रहने प्रतिबद्धता व्यक्त गर्दछौं ।'

क्रान्तिकारी धारमा रहेका नेपाल कम्युनिष्ट पार्टी र वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीलगायत पार्टीहरूसँग पनि एकताका लागि छलफल जारी रहेको विज्ञप्तिमा उल्लेख छ।





  • प्रकाशित मिति : चैत १, २०७९ बुधबार १६:२६:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया