बुधबार स्थगित बागमती प्रदेशसभा बैठक आज बस्दै

बागमती प्रदेश सभाको बैठक आज बस्दैछ । बुधबार स्थगित भएको बैठक दिउँसो १ बजे बस्न लागेको हो । सत्ता साझेदारीका विषयमा असन्तुष्ट कांग्रेस सांसदले बैठकमा उपस्थित नहुने भनेपछि शुक्रबारका लागि सारिएको थियो ।  

बुधबार काठमाडौंमा बसेको बागमती प्रदेश कांग्रेस संसदीय दलको बैठकले मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई विश्वासको मत दिने निर्णय गरेको छ ।

अब बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री जम्मकट्टेलले विश्वासको मत लिने तयारी गरेका छन् । उनी गत २५ पुसमा कांग्रेस, एमाले, राप्रपासहित ६ दलका १०५ सांसदको समर्थन पाएर मुख्यमन्त्री नियुक्त भएका थिए । 

जम्मकट्टेलले ३ माघमा विश्वासको मतसमेत लिएका थिए । त्यति बेला दिएको समर्थन राप्रपाले फिर्ता लिएपछि उनले पुनः विश्वासको मत लिन लागेका हुन् ।

बागमती प्रदेश सभामा ११० जना सांसद छन् । विश्वासको मतका लागि ५६ जना सांसदले साथ दिनुपर्छ । बागमती प्रदेश सभामा नेपाली कांग्रेसका ३७, नेकपा माओवादी केन्द्रका २१ र नेकपा एकीकृत समाजवादीका ७ जना सांसद छन् । 

त्यस्तै, नेकपा एमालेका २७, राप्रपाका १३, नेपाल मजदुर किसान पार्टीका ३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद छन् । 





  • प्रकाशित मिति : चैत १०, २०७९ शुक्रबार ७:२४:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया