logo-img

युरोकप छनोटमा स्कटल्याण्डले स्पेनलाई हरायो

युरोकप छनोटमा स्कटल्याण्डले स्पेनलाई २–० ले हराएको छ । स्कटल्याण्डले स्पेनलाई ३९ वर्षपछि हराएको हो ।

गएराति सम्पन्न खेलमा स्कटल्याण्डको जितमा स्कट म्याकटोमिनेले दुई गोल गरे । 

खेलको सातौँ मिनेटमा स्कटले गोल गर्दै टोलीलाई अग्रता दिलाए । ५१ औँ मिनेटमा स्कटले व्यक्तिगत दोस्रो गोल गर्दै स्कटल्याण्डलाई २–० को जित दिलाए ।  



जारी छनोटमा स्कटल्याण्डको यो लगातार दोस्रो जित हो । समूह ‘ए’ को शीर्ष स्थानमा रहेको उसले २ खेलमा ६ अंक जोडेको छ । स्पेन ३ अंकका साथ दोस्रो स्थानमा छ ।  





  • प्रकाशित मिति : चैत १५, २०७९ बुधबार ८:३९:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया