logo-img

धरान खानेपानीको ऋण मिनाहा नगरे आन्दोलनमा उत्रिने मेयर साम्पाङको चेतावनी

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सरकारले धरान खानेपानी आयोजनाको ऋण मिनाहा नगरे आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । ऋण मिनाहाका लागि पटक-पटक सम्बन्धित मन्त्रालयलाई अनुरोध गरे पनि सुनुवाइ नभएको भन्दै उनले यस्तो चेतावनी दिएका हुन् ।     

धरानमा सरकारले एसियाली विकास बैंक (एडिबी) को अनुदान तथा ऋण सहयोगमा खानेपानी आयोजना सम्झौता गरेको थियो । एसियाली विकास बैंक (एडिबी) बाट १ प्रतिशत ब्याजमा ऋण लिएर धरानका जनतालाई ५ प्रतिशतमा दिएको मेयर साम्पाङको भनाइ छ ।   

‘मिटर ब्याजको कुरा भइरहँदा धरानमा एडिबीको ऋणमासमेत नेपाल सरकार आफैंले त्यसो गरेको छ । १% मा लिएर ५% मा हामीलाई दिएको छ । यो ऋण मिनाहा गरिदिन सम्बन्धित मन्त्रालयलाई मैले अनुरोध पनि गरेँ तर सुनुवाइ भएन । ध्यान जावोस् यता पनि नत्र म पनि आन्दोलनमा कुद्नु पर्ने दिन आउनेछ,’ मेयर साम्पाङले फेसबुकमा लेखेका छन् ।  







  • प्रकाशित मिति : चैत १६, २०७९ बिहीबार १०:४०:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया