चिट चोराएको आरोपमा धनुषाबाट परीक्षा निरीक्षक पक्राउ

धनुषामा एसईई परीक्षामा खटिएका एक निरीक्षक पक्राउ परेका छन् । जिल्लाको लक्ष्मिनीयाँ गाउँपालिका सपहीस्थित विपि कोइराला माविका परीक्षा निरीक्षक नागेन्द्र यादव पक्राउ परेका हुन् ।   

यादवले कक्षा कोठा बाहिरबाट प्रश्नपत्रको समाधान गराई आफ्नो मोबाइलमा पठाउन लगाएर विद्यार्थीलाई चिट चोरी गराएको फेला परेपछि पक्राउ गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए ।

जनता आधारभूत माध्यमिक विद्यालय बनिगामा लक्ष्मिनीयाँमा शिक्षक पदमा कार्यरत यादवलाई विपि कोइराला माविको परीक्षा निरीक्षकमा खटाइएको थियो । परीक्षाको पहिलो दिन नै मर्यादाविपरीतको काम गरेपछि उनी पक्राउ परेका छन् ।  

परीक्षा निरीक्षकले नै मोबाइल प्रयोग गरी वाट्सअपबाट प्रश्नपत्रको तस्बिर बाहिर पठाउने र सोही माध्यमबाट उत्तर आएपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 





  • प्रकाशित मिति : चैत १७, २०७९ शुक्रबार ११:४२:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया