आयोगकाे बहानामा मिटरब्याजीलाई उन्मुक्ति दिन खोजिएको सांसदहरूको आशंका

सरकारले मिटरब्याजको अनुसन्धान गरी पीडितलाई न्याय दिन आयोग गठन गर्ने तयारीप्रति सांसदहरुले आपत्ति जनाएका छन् । पीडकलाई उन्मुक्ति दिन खोजिएको उनीहरूकाे आशंका छ ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा मिटरब्याजी पीडितको न्यायका लागि सांसदहरुले उठाएका प्रश्न र जिज्ञासाप्रति जवाफ दिनेक्रममा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजसम्बन्धमा आयोग गठन गर्ने र कानुन बनाएर पीडितलाई न्याय दिने बताए । 

त्यसपछि सांसदहरुले पीडकलाई उन्मुक्ति दिन खोजिएको भन्दै सांसदहरुले पीडितबाट उजुरी लिएर तत्काल कारबाही प्रक्रिया थाल्नुपर्ने बताए । 

सांसदहरु रघुजी पन्त, अमरेशकुमार सिंह, प्रेम सुवालसहित बोलेका अधिकांश सांसदहरुले तत्काल नै मिटरब्याजी पीडितलाई न्याय दिनेगरी काम गर्नुपर्ने बताए । 

देशका धेरै आयोग बनेका र ती आयोगका प्रतिवेदन कार्यान्वयन नभएको भन्दै उनीहरुले आयोग बनाउने कुरा नै पीडकलाई उन्मुक्ति दिन खोजिएको आशंका गरे ।





  • प्रकाशित मिति : चैत १९, २०७९ आइतबार १७:२:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया