लियोनसँग पिएसजी पराजित

फ्रेन्च लिग वान फुटबलमा शीर्ष स्थानको पेरिस सेन्ट जर्मेन (पिएसजी) ले लियोनसँग हार बेहोरेको छ । 

गएराति सम्पन्न खेलमा पिएसजीले लियोनसँग १–० को हार बेहोरेको हो । लियोनको जितमा ब्राडली बार्कोलाले निर्णायक गोल गरे ।

उनले ५६ औँ मिनेटमा गोल गरेका थिए । लियोनविरुद्ध पिएसजीले लियोनल मेस्सी र केलिएन एमबाप्पेलाई मैदान उतारे पनि जित निकाल्न सकेन । 

यो जितपछि नवौँ स्थानमा उक्लिएको लियोनले २९ खेलमा ४४ अंक जोडेको छ । हारका बाबजुद पिएसजी ६६ अंकसहित शीर्ष स्थानमा कायमै रहेको छ । 





  • प्रकाशित मिति : चैत २०, २०७९ साेमबार ६:५४:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया