logo-img

म्युजिक भिडियो सुटिङका लागि पल शाह मुस्ताङमा

अभिनेता पल शाह म्युजिक भिडियो सुटिङका लागि मुस्ताङ पुगेका छन्। नाबालिग बलात्कार मुद्दामा एक वर्षसम्म जेल सजाय कटाएर शाह डेढ महिनाअघि जेलमुक्त भएका थिए । 

उनले तनहुँ कारागारमा एक वर्ष जेलजीवन बिताएका थिए । अदालतले सफाइ दिएपछि उनी म्युजिक भिडियोमा सक्रिय हुन थालेका हुन् ।

बिहीबार मुस्ताङको वारागुङ मुक्तिक्षेत्र-४ कागबेनीमा म्युजिक भिडियोको छायांकन भएको छ। ऋषि खड्काको शब्द, स्वयं खड्का र अन्नु चौधरीको स्वरमा रहेकाे गीतकाे म्युजिक भिडियोमा पललाई शनिसा भट्टराईले अभिनयमा साथ दिएकी छन् । 







  • प्रकाशित मिति : चैत २३, २०७९ बिहीबार १८:१६:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया