उपनिर्वाचन : चितवन–२ का २९ स्थल अतिसंवेदनशील

आउँदो १० वैशाखमा हुने उपचुनावमा चितवन निर्वाचन–२ का ४३ मध्ये २९ स्थललाई अतिसंवेदनशीलको सूचीमा राखिएको छ । 

निर्वाचन स्थललाई दुई भागमा वर्गीकरण गर्दै बाँकी १४ स्थललाई भने संवेदनशील स्थलको सूचीमा राखिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए ।

उपचुनावमा सबै मतदान स्थललाई सुरक्षाका दृष्टिले बराबरी महत्त्वका साथ लिइएको उनको भनाइ छ । सबै राजनीतिक दलको ध्यान उपचुनावमा हुने भएकाले सबै स्थलमा सुरक्षा व्यवस्था कडा बनाउने तयारी रहेको प्रजिअ पौडेलले बताए । सबै मतदानस्थलमा ७ वैशाखभित्र नै सुरक्षाकर्मी पुगिसक्ने उनले बताए । 

चितवन–२ मा १ लाख २४ हजार ६ सय ९५ जना मतदाता छन् । उनीहरूले ४३ स्थलका १ सय ३८ केन्द्रबाट मतदान गर्ने छन् । गएको मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्य चुनावमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नागरिकता विवादका कारण सांसद पदबाट मुक्त भएकाले यो क्षेत्रमा उपचुनाव हुन लागेको हो ।

चितवन–२ मा हुने उपचुनावका लागि लामिछानेसहित २२ जनाको उम्मेदवारी परेको छ । १० वैशाखमै बारा–२ र तनहुँ–१ मा पनि उपचुनाव हुँदैछ ।  





  • प्रकाशित मिति : चैत २६, २०७९ आइतबार १२:१:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया