मजदुर नै कांग्रेसका जन्मदाता : शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले श्रमिक वर्गको माग सम्बोधन गर्न श्रम आयोग गठन गर्नुपर्ने बताएका छन् ।

नेपाल ट्रेड युनियन कांग्रेसनिकट नेपाल यातायात मजदुर सङ्घको सातौँ राष्ट्रिय महाधिवेशनको आज वीरगञ्जमा उद्घाटन गर्दै उनले भने, ‘संविधान बन्ने क्रममा श्रम आयोगको कुरा उठाएको थिए, तर यसमा ध्यान पुगेन ।’  

संविधानमा मधेसी, महिला र दलित वर्गको प्रतिनिधित्व सुनिश्चित गरिए जस्तै श्रमिकको प्रतिनिधित्व सुनिश्चतता हुनुपर्नेमा उनको जोड छ । यसका लागि श्रमिक सङ्गठित भएर लाग्नुपर्ने नेता कोइरालाको भनाइ थियो ।

‘मजदुर नै कांग्रेस पार्टीका जन्मदाता हुन्,’ उनले भने, ‘तर कांग्रेसले जसरी मजदुरका सवालमा गम्भीर हुनुपर्थ्यो त्यो हुनसकेको छैन, केवल समस्या परेका बेला मजदुरलाई खोज्ने र समस्या हल भएपछि बिर्सिँदै आएको छ ।’  

हालको यातायात व्यवस्था ऐन २० वर्ष पुरानो भइसकेकाले त्यसमा संशोधन गरी यातायात मजदुरका सवाललाई सम्बोधन गर्नुपर्ने नेता कोइरालाले बताए । 





  • प्रकाशित मिति : चैत २६, २०७९ आइतबार १७:१२:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया