संक्रमणकालीन न्यायको विषय अदालत र न्यायाधीशको हस्तक्षेपको विषय होइन : महरा
फाइल तस्बिर

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले संक्रमणकालीन न्यायको विषय अदालत र न्यायाधीशले हस्तक्षेप गर्ने विषयवस्तु नभएको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित नेपालमा शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

उनले संक्रमणकालीन न्यायको विषय सत्य निरुपण आयोगद्वारा निरुपण हुनुपर्ने बताए । उनले माओवादी जनयुद्धकालीन केही नेताहरू नेकपा एमालेमा रहेका पूर्वमाओवादी नेताहरु माओवादीमा फर्किन सकारात्मक रहेको बताए । उनले कम्युनिष्टहरुमा व्यवहार र सिद्धान्त बिर्सिने रोग रहेको जिकिर गरे ।

उनले भने, ‘संक्रमणकालीन न्यायको विषय सत्य निरुपण आयोगद्वारा निरुपण हुनुपर्छ भन्ने हो । यो अदालतले वा न्यायाधीशले हस्तक्षेप गर्ने विषयवस्तु होइन । वृहत विस्तृत शान्ति सम्झौताको मर्मको विषय पनि यही हो । मर्मअनुसार दिगो शान्ति कायम गर्ने र वास्तवमा राज्यको पुनः संरचनासहित शान्ति र निस्कर्षमा पुर्याउने हो । १० वर्ष जनयुद्ध भएको हो, कारबाही भएको हो, तर यसलाई कुनै पनि पुरानो कानून हेरेर हुँदैन । यसलाई आयोगद्वारा हल गर्नुपर्छ । केही साथीहरु एमालेमा हुनुहुन्छ माओवादी जनयुद्धका, उहाँहरुसँग कुरा गर्दा यस पटक आउँदैनौँ तर हेर्दै जाउँ भन्नुभएको छ, उहाँहरू पनि पोजेटिभ हुनुहुन्छ । व्यवहार गर्दा सिद्धान्त बिर्सिने, सिद्धान्त हेर्दा व्यवहार बिर्सिने कुरा कम्युनिष्ट नेताहरुमा रोग छ । त्यो मेटाउनु पर्छ ।’ 

उपाध्यक्ष महराले पूर्वमाओवादीहरुबीच सके पार्टी एकता र नसके कार्यगत एकता हुनुपर्ने कुरामा आफूले जोड दिइरहेको बताए । उनले समाजवादी मोर्चा बनाउने आफ्नो उद्देश्य सफल हुने बताए । 





  • प्रकाशित मिति : चैत २७, २०७९ साेमबार १५:१०:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया