फेयर ब्रेकमा रुबिनाको अलराउन्ड प्रदर्शन, टिमलाई दिलाइन् फराकिलो जित

राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान रुबिना क्षेत्रीले हङकङमा जारी फेयर ब्रेक टी–२० प्रतियोगितामा सानदार अलराउन्ड प्रदर्शन गरेकी छन् । बर्मी आर्मीबाट लिग खेलिरहेकी उनले आज बिहान सम्पन्न खेलमा शफायर्स वुमन्सविरुद्ध सानदार अलराउन्ड प्रदर्शन गरेकी हुन् । 

बलिङमा रुबिनाले ४ ओभरमा एक मेडनसहित ११ रन दिएर ५ विकेट लिइन् । उनकै घातक बलिङमा बर्मी आर्मीले शफायर्स वुमन्सलाई ६१ रनले हरायो । आर्मीले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याएको शफायर्स १५.५ ओभरमा १०७ रनमा अलआउट भयो ।

उसका लागि तास फारेन्टले ३२, इरिन बर्न्सले २१ र बाबेट डे लीडेले २३ रन बनाए । आर्मीका लागि बलिङमा रुबिना क्षेत्रीले पाँच, रुचिता वैंकटेशले दुई, तारा नोरिस र लौरा कार्डोसोले एक/एक विकेट लिए ।

त्यसअघि काउलुन क्रिकेट क्लब मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बर्मी आर्मीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६८ रन बनायो । उसका लागि रुबिनाले २५ बलमा दुई छक्का र एक चौकासहित अविजित ३२ रनको पारी खेलिन् ।  

लौरा वोल्भार्डटले ४९, शेमेन क्याम्पबेलले ३०, तारा नोरिसले अविजित १७, कप्तान लरेन विनफिल्ड-हिलले १२ र निगार सुल्तानाले ११ रन बनाए । शफायर्सका लागि जिभाना अर्सले सर्वाधिक ४ विकेट लिइन् । साना मिर, केरी चान, सिबोना जिमी र अदितिबाले एक/एक विकेट लिए । 

रुबिनासम्मिलित बर्मीले चार म्याच खेल्दा तीनमा जित र एक खेलमा हारको सामना गरेको छ । ऊ १० अंकसहित तालिकाको तेस्रो स्थानमा छ । 





  • प्रकाशित मिति : चैत २९, २०७९ बुधबार १०:४९:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया