सिंहदरबारको फोहोर नउठाउनु महानगरको अराजकता : शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सिंहदरबारको फोहोर नउठाउनु काठमाडौं महानगरपालिकाको अराजकता भएको टिप्पणी गरेका छन् ।  

बिहीबार बिहान ट्विट गर्दै कोइरालालले जिम्मेवार निकायले गरेको यस्तो प्रकारको व्यवहारको विरोध गर्नुपर्ने पनि बताएका छन् ।  

सांसद कोइरालाले संघीय सरकारले पनि महानगरले उठाएका प्रश्नको बेवास्ता गर्दै धम्कीपूर्ण भाषा प्रयोग हुनु गलत रहेको उल्लेख गरेका छन् । दुवै सच्चिनुपर्ने उनको भनाइ छ ।

‘कामपाले सिंहदरबारलगायत स्थानको फोहोर नउठाउनु अराजकता हो, जिम्मेवार निकायको यो व्यवहारको सबैले विरोध गर्नैपर्छ । अर्कोतर्फ सरकारले पनि महानगरले उठाएका प्रश्नको वेवास्ता गर्दै धम्कीको भाषा प्रयोग गर्नु सिंहदरबारले स्थानीय निकायलाई हेर्ने दृष्टिकोणको प्रतिविम्ब हो । दुवै सच्चिनुपर्छ,’ कोइरालाले भनेका छन् । 





  • प्रकाशित मिति : चैत ३०, २०७९ बिहीबार १०:५७:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया