शेखर–गगनको ब्रिफिङ : तीन मन्त्री र एक राज्यमन्त्री पाउने भयाैँ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला समूहबीच मन्त्रालयको संख्यामा सहमति जुटेको छ । देउवा र कोइराला–गगन थापा पक्षबीच तीन मन्त्री र एक राज्यमन्त्री पाउने सहमति जुटेको हो । 

आज बिहान बसेको बैठकमा कोइराला समूहका नेताहरूले मन्त्रालयको विषयमा सहमति जुटेको जानकारीसमेत गराएका छन् । मन्त्रिपरिषद् विस्तार भने उपनिर्वाचनपछि मात्रै गर्ने तयारी भइरहेको नेताहरूले बताएका छन् ।

‘पार्टीभित्र र उपनिर्वाचनका विषयमा गगन जीले बिफ्रिङ गर्नुभयो । हाम्रो भागमा तीन मन्त्री र एक जना राज्यमन्त्री पाउने कुरा बताउनुभयो,’ बैठकमा सहभागी सांसद प्रतिमा गौतमले भनिन् ।

कांग्रेसबाट अहिले चारजना मन्त्री मात्र सरकारमा छन् । गठबन्धनमा कांग्रेसले ८ मन्त्रालय पाउने सहमति भएको थियो । जसमध्ये कोइराला समूहले कम्तीमा तीन मन्त्रालय पाउनुपर्ने दाबी गरेको थियो । जसकारण सभापति देउवाले पहिलो चरणमा चारजनालाई मात्र मन्त्री बनाएका थिए ।  

कांग्रेसबाट अहिले सरकारमा उपसभापति पूर्णबहादुर खड्का उपप्रधानसहित रक्षा, प्रकाशशरण महत अर्थ, रमेश रिजाल उद्योग र सीता गुरुङ सहरी विकास मन्त्री रहेका छन् । 

कांग्रेसले मन्त्रीको नाम नपठाउँदा अहिले पनि स्वास्थ्य, खानेपानी, परराष्ट्रसहित ६ मन्त्रालयको कार्यभार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्हालिरहेका छन् ।    





  • प्रकाशित मिति : चैत ३०, २०७९ बिहीबार १२:५२:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया