जग्गा विवादका क्रममा गोली प्रहार : एकको मृत्यु, तीन घाइते

रौतहटमा जग्गासम्बन्धी विवादका क्रममा गोली चलाउँदा एकजनाको मृत्यु भएको छ । शनिबार गढीमाई नगरपालिका–८, धोबिनियामा दुई पक्षबीच विवाद हुँदा गोली प्रहार गरिएको हाे ।  

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एवं प्रहरी उपरीक्षक वीरबहादुर बुढामगरका अनुसार गोली लागेर राजकुमार रायको मृत्यु भएको हाे । उपचारका लागि वीरगन्ज लैजाँदा गर्दा उनकाे बाटोमै मृत्यु भएको प्रहरीकाे भनाइ छ । 

गोली लागेर स्थानीय रामप्रताप यादव, कपिलदेव राय यादव र निरञ्जन यादव पनि घाइते पनि भएका छन् ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेकाे जनाएको छ ।





  • प्रकाशित मिति : वैशाख २, २०८० शनिबार १९:१४:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया