आयल निगमका पूर्वकार्यकारी निर्देशक खड्काविरुद्ध पक्राउ पुर्जी जारी

नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्काविरुद्ध पक्राउ पुर्जी जारी भएकाे छ । खड्काविरुद्ध विशेष अदालतले पक्राउ पुर्जी जारी गरेकाे हाे । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७५ पुस २३ गते तत्कालीन निर्देशक खड्कासहित शर्मिला खड्का, अमिता लामा सोदेम्बा र सीजी डेभलपर्स प्रालिविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। 

विशेष अदालतका सदस्यहरू यमुना भट्टराई, बलभद्र बास्तोला र खुशीप्रसाद थारूको इजलासले सोमबार खड्काविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो। 

खड्काले १८ करोड ६६ लाख पाँच हजार रुपैयाँबराबर अकुत सम्पत्ति जोडेको दाबीसहित अख्तियारले मुद्दा दर्ता गरेको थियो। त्यसमध्ये उनले अन्य व्यक्तिको नाममा लुकाई राखेको ७ करोडभन्दा बढी सम्पत्ति जफत गर्नुपर्ने पनि अख्तियारले माग गरेको छ। 

खड्काको २७ करोड ३० लाख ७५ हजार सम्पत्तिमध्ये ८ करोड ६४ लाख ६९ हजारमात्रै वैध रहेको अख्तियारले आरोपपत्रमा उल्लेख गरेको छ।





  • प्रकाशित मिति : वैशाख ४, २०८० साेमबार १८:२९:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया