चेल्सीलाई हराउँदै रियल मड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा

स्पेनिस क्लब रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

गएराति भएको क्वार्टरफाइनलको दोस्रो लेगमा इंग्लिस क्लब चेल्सीलाई २–० गोल अन्तरले हराउँदै समग्रमा ४–० को नतिजासहित रियल सेमिफाइनल प्रवेश गरेको हो । 

दोस्रो लेगको खेलमा रियलको जितमा दुवै खेल रोड्रिगोले गरे । स्टामफोर्ड ब्रिजमा भएको खेलमा ५८ औँ मिनेटमा रोड्रिगोले गोल गर्दै मड्रिडलाई सुरुआती अग्रता दिलाए ।  

खेलको ८० औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई च्याम्पियन्स लिगको फाइनलमा पुर्याए । क्वार्टरफाइनलको पहिलो लेगमा पनि रियलले चेल्सीलाई २–० ले हराएको थियो ।

सेमिफाइनलमा रियलले म्यानचेस्टर सिटी र वायर्नबीचको विजेताको सामना गर्नेछ । 
 





  • प्रकाशित मिति : वैशाख ६, २०८० बुधबार ६:५४:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया