logo-img

एमाले अध्यक्ष ओली र भाजपा विदेश विभाग प्रमुखबीच भेट

भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवालेले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् । 

आज बिहान भएको उनीहरूबीचको भेटमा नेपालको समसामयिक राजनीतिलगायत अन्य विषयमा कुराकानी भएको बताइएको छ ।

चौथाइवालेले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई छुट्टाछुट्टै भेटेका थिए ।    



उनी आज पनि राजनीतिक भेटवार्तामा व्यस्त रहने कार्यक्रम छ । चौथाइवाले बिहीबार नयाँ दिल्ली फर्कने कार्यक्रम छ ।

उनी ३ वैशाखमा धनगढीमा भएको मानसखण्ड सम्मेलन समापन समारोहमा सहभागी हुन सडकमार्गबाट नेपाल आएका थिए ।  





  • प्रकाशित मिति : वैशाख ६, २०८० बुधबार १०:५३:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया