बारा–२ मा उपेन्द्रले कटाए १० हजार मत, शिवचन्द्र ३३९१ भोटले पछाडि

बारा क्षेत्र नम्बर २ उपनिर्वाचनको मतगणनामा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले अग्रता कायमै राखेका छन् । पछिल्लो परिणामअनुसार उनले १० हजार ११९ मत प्राप्त गरेका छन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी जनमत पार्टीका शिवचन्द्र कुशवाहाले ६ हजार ८०८ मत ल्याएका छन् । कुशवाहाभन्दा यादव ३ हजार ३९१ मतले अगाडि रहेका छन् ।

त्यस्तै, तेस्रो स्थानमा रहेका नेकपा एमालेका पुरुषोत्तम पौडेल ४ हजार ११ मत प्राप्त गरेका छन् । त्यस्तै, चाैथाेमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले १ हजार १७४ मत ल्याएका छन् ।

आइतबार भएको मतदानमा बारा–२ मा ६४ प्रतिशतको हाराहारीमा मत खसेको छ । उक्त निर्वाचन क्षेत्रमा गत मंसिरमा ६३.५६ प्रतिशत मत खसेको थियो । 





  • प्रकाशित मिति : वैशाख १२, २०८० मंगलबार ७:५४:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया