जंगलमा स्याउला ल्याउन गएकी महिला मृत फेला

डोटीमा एक महिला मृत फेला परेकी छन् । मंगलबार जिल्लाको जोरायल गाउँपालिका–१ तुसे बस्ने २१ वर्षीया अनिता मल्ल मृत फेला परेकी हुन् ।

बिहान नजिकैको जंगलमा स्याउला ल्याउन गएकी उनी घर नफर्कीएपछि परिवारले खोजी गरेको थियो । खोज्ने क्रममा मल्ल घरदेखि करिब २ किलोमिटर टाढा भिरबाट लडेको अवस्थामा फेला परेकी प्रहरीले बताएको छ । 

उनको शव परीक्षणका लागि डडेल्धुरा अस्पताल  पठाइएको इलाका प्रहरी कार्यलय बिपीनगरका प्रहरी निरीक्षक लोकेन्द्र गुरुले जानकारी दिए ।  





  • प्रकाशित मिति : वैशाख १३, २०८० बुधबार ७:०:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया