logo-img

प्रेस स्वतन्त्रताको रक्षाका लागि कांग्रेस लाग्छ : सहमहामन्त्री पाण्डे

नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि कांग्रेस सधैँ लाग्ने बताएका छन् ।

विश्व प्रेस स्वतन्त्रता दिवसका अवसर आज मनोहरा जेसिजले आयोजना गरेको अन्तक्रियामा उनले कांग्रेस प्रेस स्वतन्त्रताका लागि सधैँ लाग्ने बताएका हुन् । ‘आजको राजनीतिक उपलब्धि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताकै कारण सम्भव भएको हो, यसको रक्षाका लागि कांग्रेसले आफूलाई कठोर बनाउँछ,’ उनले भने । 

प्रतिनिधिसभा सदस्यसमेत रहेएका पाण्डेले नागरिकको अभिव्यक्ति स्वतन्त्रताको हनन हुने कानून बन्न नदिन कांग्रेसले सरकार, सदन र सडकबाटसमेत खबरदारी गर्ने बताए । 



कांग्रेसका युवा नेता एवं प्रतिनिधिसभा सदस्य राजेन्द्र बजगाईंले अभिव्यक्ति स्वतन्त्रताविरुद्ध थालिएका प्रयत्नको प्रतिवाद गर्न नेपाली प्रेसजगत् सक्षम रहेको बताए । 

‘नेपालको सञ्चार क्षेत्र त्यति कमजोर छ भन्ने लाग्दैन, अभिव्यक्ति स्वतन्त्रताविरुद्ध उभिनेलाई नेपाली सञ्चार क्षेत्रले नै निस्तेज पार्नेछ, त्यसमा सांसदका रूपमा हाम्रो साथ रहन्छ,’ उनले भने । 

उनले संसद्बाट लोकतान्त्रिक अधिकारविरुद्ध कानून बन्न नदिन आफूहरू सचेत रहेको भन्दै लोकतन्त्रको प्राण नै अभिव्यक्ति स्वतन्त्रता भएको उल्लेख गरे । 



कार्यक्रममा नेपाल प्रेस युनियनका उपाध्यक्ष नकुल अर्याल, लोकतान्त्रिक छापामाध्यम राष्ट्रिय समाजका अध्यक्ष दामोदरप्रसाद दवाडीलगायतले तीन तहको निर्वाचन सम्पन्न भएलगत्तै लोकतान्त्रिक अधिकार सुदृढ हुनुपर्नेमा उल्टै अभिव्यक्ति स्वतन्त्रतामाथि खतरा बढेको बताए ।  



  • प्रकाशित मिति : वैशाख २०, २०८० बुधबार २३:४:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया