भुटानी शरणार्थी प्रकरणमा मुछिएका जोसुकै भए पनि कारबाही गर्नुपर्छ : विष्णु रिमाल

नेकपा (एमाले) का उपमहासचिव विष्णु रिमालले भुटानी शरणार्थी प्रकरणमा मुछिएका जोसुकै भए पनि कारबाही गर्नुपर्ने बताएका छन् । उनले यस्ता घटनालाई राजनीतिकरण गर्न नहुने भन्दै कानुनको पालना सबैले गर्नुपर्ने बताएका हुन् ।

बिहीबार सामाजिक सञ्जालमा उनले कानुनभन्दा माथि कोही नभएको भन्दै नक्कली भुटानी शरणार्थी होस् वा अन्य प्रकरणमा कसैलाई छाड्न नमिल्ने बताएका छन् । 

‘नक्कली भुटानी शरणार्थी होस् वा अन्य कुनै, कानुनभन्दा माथि कोही हुँदैनन् । उन्मुक्ति कसैलाई पनि हुनुहुन्न, उनले लेखेका छन्, 'निर्दोष नफसून्, कोही दोषी नउम्किउन्। छानबिन हुनुपर्छ, छानबिनमा सबैले सहयोग गर्नुपर्छ ।’





  • प्रकाशित मिति : वैशाख २१, २०८० बिहीबार १५:३५:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया