शिक्षक सेवा आयोगको प्रवेशपत्र हराए प्रतिलिपि नपाइने

शिक्षक सेवा आयोगले गत चैत ९ गते आह्वान गरेको प्राथमिक तहको स्थायी शिक्षककाे विज्ञापनमा एक लाखभन्दा बढीले आवेदन दिएका छन् ।

खुला प्रतियोगितात्मक परीक्षामा सहभागी हुन एक लाख १२ हजार ८५ जनाले आवेदन दिएका छन् । 

आगामी जेठ २० गते हुने विषयगत सामान्य परीक्षामा सहभागी हुन अनलाइनबाटै प्रवेशपत्र प्रिन्ट गर्नुपर्ने आयोगले जनाएको छ । तर, प्रवेशपत्रको प्रतिलिपी दिने व्यवस्था नभएकाले प्रवेशपत्र सुरक्षित राख्न आयोगले आग्रह गरेको छ । 

आयोगका अनुसार परीक्षामा सामेल हुन प्रवेशपत्रसहित आधिकारिक निकायबाट जारी भएका परिचय खुलाउने प्रमाणपत्रमध्ये नागरिकता, अध्यापन अनुमतिपत्र, सवारी चालक अनुमतिपत्र वा राहदानीमध्ये कुनै एक अनिवार्य रुपमा ल्याउनुपर्नेछ ।





  • प्रकाशित मिति : वैशाख २१, २०८० बिहीबार १९:५३:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया