राष्ट्र बैंकले मौद्रिक नीति बनाउँदा क्षमताभन्दा ठूलो भारी बोक्न सक्दैन : गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकले मौद्रिक नीति बनाउँदा क्षमताभन्दा ठूलो भारी बोक्न नसक्ने बताएका छन् ।

आइतबार काठमाडौंमा बैंक तथा वित्तीय संस्था परिसंघले आयोजना गरेको नेपाल व्यवसाय शिखर सम्मेलन–२३ मा बोल्दै गभर्नर अधिकारीले राष्ट्र बैंकप्रति निकै धेरै अपेक्षा बढेको भन्दै क्षमताभन्दा ठूलो भारी बोक्न नसक्ने बताएका हुन् । उनले अन्य क्षेत्रबाट कुनै सहारा नपाएकाले राष्ट्र बैंकसँग सरकार र निजी क्षेत्रको समेत धेरै अपेक्षा गरिएको बताए । 

गर्भनर अधिकारीले मौद्रिक नीतिका आफ्नै सीमा रहेको भन्दै राष्ट्र बैंक सीमाभन्दा बाहिर गएर मौद्रिक नीतिले केही गर्नसक्ने अवस्था नभएको बताए । उनले राष्ट्रले आफ्नो सीमाभन्दा बाहिर गएर केही काम गर्न खोज्यो भने समग्र वित्तीय प्रणाली संकटमा पर्नसक्ने उल्लेख गरे ।  

‘बारम्बार राष्ट्र बैंकको नीतिका विषयमा प्रश्नहरू आउने गर्छन् । राष्ट्र बैंकले लिने नीतिहरू धेरै गहन छलफलका आधारमा लिने नीतिहरू हुन् । राष्ट्र बैंकले कयौँ स्टेक होल्डलरहरूसँग छलफल गरिरहेको हुन्छ । छलफल गर्नुहुन्छ निर्णय आफैँ गर्नुहुन्छ भन्ने आरोप लाग्ने गरेको छ । यसका केही कारणहरू र सिद्धान्तहरू रहेका छन्,’ गभर्नर अधिकारीले भने, ‘आफ्नो इन्टेस्टका मागहरू सम्बोधन भएनन् भन्दैमा हाम्रा कुरा सुनिएनन् भन्नुभएन । सैद्धान्तिक र व्यवहारिकरूपमा गर्नुपर्ने काम गरेको छ वा छैन त्यो महत्वपूर्ण हो । राष्ट्र बैंकप्रतिको आशा अन्त्यन्तै बढेर गएको छ ।’

गभर्नर अधिकारीले नेपालका वित्तीय क्षेत्र सुरक्षित भएकोका विदेशी लगानीकर्ताले नेपालमा लगानी गरिरहेको बताए । उनले बैंक, व्यवसायीलगायतका समग्र वित्तीय प्रणालीलाई जोगाउनका लागि राष्ट्र बैंकले कोरोना महामारीको सुविधा दिएको उल्लेख गरे । 

गभर्नर अधिकारीले अहिले बैंक तथा वित्तीय संस्थाको खराब कर्जा बढे पनि अन्य देशको तुलनामा निकै सहज भएको पनि बताए । उनले राष्ट्र बैंक मौद्रिक नीतिका त्रैमासिक समीक्षा वैशाखको अन्तिमसम्म गरिसक्ने तयारी गरिरहेको बताए । 





  • प्रकाशित मिति : वैशाख २५, २०८० साेमबार ८:१:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया