logo-img

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

पाल्पाको तिनाउ गाउँपालिकास्थित झुम्सामा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ ।

सोमबार बेलुका बुटवलबाट तानसेनतर्फ आउँदै गरेको लु १ ख २६१४ नम्बरको टिपरले विपरीत दिशातर्फ जाँदै गरेको लु ४४ प ५८०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मोटरसाइकल चालक गुल्मीको छत्रकोट गाउँपालिका–३ हर्दिनेटाका ३० वर्षीय जीवन पन्तको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 



सिद्धार्थ राजमार्गअन्तर्गत पर्ने उक्त स्थानमा गम्भीर घाइते भएका पन्तको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता, प्रहरी नायक उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।   





  • प्रकाशित मिति : वैशाख २६, २०८० मंगलबार ७:५६:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया